नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ ।
नेपाल नमुना मावि केउरेनीको लु १ क ३८१४ नम्बरको बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीया बालिका सुश्माकुमारी पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
विद्यालय हाताभित्र बस घुमाउने क्रममा बारा जिल्ला कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली–१४ छत्तिसघरे बस्ने बिबु पासवानको छोरी सुश्माकुमारी गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारको लागि देवचुली नगर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
ठक्कर दिने बस र चालक प्रहरीले नियन्त्रणमा लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया