उम्मेदवार बनेपछि कांग्रेस सभापति थापा आज पहिलोपटक सर्लाही–४ जाँदै

लोकपथ
343
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा अहिले केहीबेरमा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा जाने भएका छन् । 

कांग्रेस सभापति थापा फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा उनी सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । उम्मेदवार बनेपछि उनी पहिलो पटक सर्लाही जान लागेका हुन् । 

पार्टीका स्थानीय कार्यकर्ता र मतदातासँगको भेटघाटका लागि उनी बिहान १०ः३० बजेको नियमित उडानबाट सिमरा विमानस्थल प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी सडकमार्ग हुँदै सर्लाही पुग्नेछन् ।

आफ्नो निर्वाचन क्षेत्रमा रहँदा थापाले विभिन्न स्थानीय तहमा आयोजना हुने अन्तर्क्रिया कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । ‘निर्वाचन क्षेत्रका मतदातासँग संवाद गर्ने र पार्टी सांगठनिक काम पनि गर्ने गरी सर्लाही जान लाग्नु भएको हो,’ थापाको सचिवालयले भनेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?