चुनावको मुखमा राजेन्द्र महतोलाई झड्का, नेताहरुले दिए सामूहिक राजीनामा

लोकपथ
1.3k
Shares

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सचिवसहित नेता कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् ।

निर्वाचनको मिति नजिकिँदै जाँदा केन्द्रीय सचिव संजयकुमार चौधरीसहितका नेताहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टीमा दलगत संकीर्णता र व्यक्ति केन्द्रित राजनीति बढेको भन्दै आफूहरु यस निर्णयमा पुगेको उनीहरुले बताएका छन् ।

साथै देश गम्भीर संकटमा परेको ठहर गर्दै उनीहरूले नयाँ राजनीतिक यात्रामा अघि बढ्ने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?