कांग्रेसले फागुन ७ गते जनकपुरमा आमसभा गर्ने

लोकपथ
553
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन ७ गते मधेश प्रदेशको राजधानी जनकपुरमा चुनावी सभा गर्ने भएको छ ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले आगामी फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा जनकपुरमा आमसभा गर्न लागेको बताए । सामाजिक सञ्जालमा लेख्दै उनले सो कुरा जानकारी दिएका हुन् ।

उनका अनुसार उक्त आमसभामा सभापति गगनकुमार थापा लगायत केन्द्रीय नेताहरुको सम्बोधन रहनेछ ।

उनले भनेका छन्, ‘त्याग र समर्पणको पवित्र भूमि – शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा नेपाली कांग्रेसका केन्द्रीय सभापति श्री गगन कुमार थापा ज्यू लगायत केन्द्रीय नेताहरूबाट सम्बोधन हुने विशेष आमसभा प्रजातन्त्र दिवश फाल्गुन ७ गते तय गरिएको छ । “चलु जनकपुर भरू जनकपुर’’ ।’

त्यसो त रास्वपाले जनकपुरमा चुनावी सभा गरेसँगै कांग्रेसले मधेश केन्द्रित आम सभा गर्ने तयारी गरेको थियो । तर प्राविधिक कारण भन्दै रोकिएको आमसभा पुनः गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?