राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीबाट झाँक्रीसहित ३ जना निर्वाचित

लोकपथ
1.7k
Shares

काठमाडौं । आइतबार भएको राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट तीन वटै सिटमा कांग्रेस–एमाले–जनता समाजवादी (जसपा) गठबन्धनले बाजी मारेको छ ।

केहीबेरअघि आएको मतपरिणाम अनुसार संयुक्त गठबन्धनका उम्मेदवारहरु रामकुमारी झाँक्री, बासुदेव घिमिरे ‘जंगली’ र चन्द्रबहादुर केसी निर्वाचित भएका हुन् ।

झाँक्री नेकपा एमालेबाट प्रतिष्पर्धा गर्दा नेपाली कांग्रेसबाट घिमिरे (अपांगतर्फ) र अन्य क्लस्टरबाट केसीले जित हात पारेका हुन् ।

जसअनुसार झाँक्रीले ६ हजार ३३० मतभार प्राप्त गरेकी थिइन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत ल्याएकी हुन् ।

यता अपांगतातर्फ घिमिरेले ५ हजार ३२२ मतभार प्राप्त गर्दै विजयी हुँदा नेकपाका सजन विकले १ हजार ६०१ मतभार प्राप्त गरेका थिए ।

यसैगरी अन्य क्लस्टरमा कांग्रेसकै चन्द्र बहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित हुँदा नेकपाकी बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याएकी हुन् ।

लुम्बिनीमा राष्ट्रिय जनमोर्चाले समेत प्रतिष्पर्धा गरेको थियो, जहाँबाट जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत मात्रै प्राप्त गरेका हुन् ।

१७ सिटका लागि भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सबै प्रदेशबाट नजिता आउने क्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?