काठमाडौं । नेकपा एमालेले आफ्ना संगठित सदस्यहरुलाई एक हुन आह्वान गर्दै पत्र पठाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा रहेको एकैकिसिमको पत्र आफ्ना सदस्यहरुलाई पठाएको हो ।
एमालेको देशभर ६ सय ६३ संगठित सदस्य रहेका छन् । ती सबै संगठित सदस्यहरुलाई पत्र पठाउँदै पार्टीलाई जिताउने काममा लाग्न निर्देशन दिएका हुन् ।
‘यहाँलाई अवगत नै छ–आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्नेबिचको हार–जितको फैसला गर्नेछ । देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरुको विजय सुनिश्चित गर्न कमरेडहरुको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु,’ पत्रमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया