बुबा आईसीयूमा हुँदा पनि प्रहरी जवान जिसीले बिदा पाएनन्, जंगलमा झुन्डिएको अवस्थामा भेटियो शव

लोकपथ
2k
Shares

काठमाडौं । तीन दिनदेखि बेपत्ता जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । 

दाङको घोराही उपमहानगरपालिका–२ रामपुर निवासी प्रहरी जवान हरि जिसी घोराही उपमहानगरपालिका–१८ घरडौराको जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

माघ ८ गते बिहानको ड्युटी सकेर स्कुटी लिएर निस्केका जिसी त्यसपछि बेपत्ता भएका थिए । उनको स्कुटी बाटोमा भेटिएको थियो । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसीयूमा राखेर बुबाको उपचार भइरहँदा पनि बिदा नपाएपछि उनी तनावमा रहेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार, शवको पोस्टमार्टम भइसकेको छ । मोबाइलको लक खुलेपछि मात्रै मृत्युको कारण खुल्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?