राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा सुरू भयो मतदान

लोकपथ
98
Shares

काठमाडौं । राष्ट्रियसभामा फागुन २० गतेदेखि रिक्त हुने पदका लागि आज बिहान ९ बजेदेखि मतदान जारी छ । 

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा खस आर्य समूहअन्तर्गतको एउटा पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेकाले बाँकी १७ पदका लागि सातै प्रदेशमा मतदान भइरहेको हो ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर (मोरङ), मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ (धनुषा)मा मतदान जारी छ ।

यस्तै, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ (मकवानपुर), गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा (कास्की), लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही (दाङ), कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी ९कैलाली०मा पनि मतदान भइरहेको छ ।

मतदान प्रक्रियामा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी छन् । निर्वाचन आयोगका अनुसार मतदान दिउँसोसम्म शान्तिपूर्ण रूपमा सञ्चालन हुने र त्यसपछि मतगणनाको प्रक्रिया सुरु गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?