रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिकामा आज बिहान बोइलर कुखुरा बोकेको जिप दुर्घटना भएको छ ।
सल्यानबाट रुकुम पूर्वको खाबाङ बगरतर्फ जाँदै गरेको लु३च ७०३६ नम्बरको जिप भूमे गाउँपालिका–४ स्थित धौदापहिरामा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय काँक्रीका अनुसार जिप सडकबाट करिब २० मिटर तल खसेको छ । सडकमा जमेको तुसारोका कारण जिप चिप्लिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा मानवीय क्षति नभएको र जिप सडकमा अड्किएकाले पन्छाउने कार्य भइरहेको प्रहरी जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया