कभर्डहल सञ्चालनको जिम्मा खेलकुद विकास समितिलाई

लोकपथ
42
Shares

काठमाडौं । तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित कभर्डहल खेलकुद विकास समिति तनहुँमार्फत सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको लगानीमा निर्माण भएको कभर्डहल खेलकुद विकास समितिलाई हस्तान्तरण गर्न लागिएको हो ।

नगरपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकले जिल्ला समन्वय समितिसँग समन्वय गरी खेलकुद विकास समितिमार्फत सञ्चालन व्यवस्थापन मिलाउने निर्णय गरेको नगर प्रवक्ता सुरेश थापाले जानकारी दिए । हाल कभर्डहलमा व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुँदै आएको छ । व्यास नगर व्याडमिन्टन क्लबले ९६ लाख ६३ हजार ७४७ को लागतमा कभर्डहल निर्माण गरेको हो ।

पछिल्लो समय व्याडमिन्टनतर्फ खेलाडीको आकर्षण बढ्दै गएकाले कभर्डहल निर्माण गरी यहाँ व्याडमिन्टनका खेल सञ्चालन गरिएको क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिए । उनका अनुसार कभर्डहल निर्माणका लागि व्यास नगरपालिकाले ८७ लाख ८५ हजार २३४ सहयोग गरेको छभने लागत नगद सहभागिता सात लाख रहेको छ । त्यस्तै एक लाख ७८ हजार ५२२ श्रमदान गरी कुल ९६ लाख ६३ हजार ७४७ को लागतमा कभर्डहल निर्माण भएको हो ।

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको उक्त कभर्डहलको जग्गा व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । कभर्डहल निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाले ३२ लाख ८४ हजार २९३, आव २०७८/७९ मा ३१ लाख २५ हजार ९३१, आव २०८०/८१ मा १४ लाख २५ हजार र चालु आवमा नौ लाख ५० हजार सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?