काठमाडौं । पूजा महतोको अविजित अर्धशतकीय इनिङ्सको सहयोगमा नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो ।
जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो । पूजा महतोले ५० बलमा ४ चौका र २ छक्कासहित अविजित ५२ रन बनाइन् । कप्तान इन्दु बर्माले २२ रनको योगदान दिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२९ रन बनाएको थियो । जिम्बाबेका लागि केलिस धलोभुले अविजित ५२ रन बनाउँदा बिलभ्ड बिजाले ३४ तथा मोडेस्टर मुपाचिवाले १४ रन जोडिन् ।
नेपालका बलरमध्ये रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान १–१ विकेट हात पारिन् ।
नेपालले अब समूह चरणको अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्नेछ । विश्वकप छनोटको सम्भावना जीवित राख्न नेपालका लागि उक्त खेल जित्नैपर्ने दबाब रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया