काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसलाई नजोडी नहुने भएकोले सर्लाही-४ रोजेको बताएका छन् । सर्लाहीमा युवाहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
थापाले भने, ‘मैले पहिले तीन पटक चुनाव जितिसकेको थिएँ मलाई सजिलो अवस्था थियो । काठमाडौं कि सर्लाही भन्ने कुरा टुङ्गो नलागेसम्म अन्य पार्टीहरूले उम्मेदवार तय गर्न सकेका थिएनन् । काठमाडौं नलड्ने निर्णय गरेपछि मात्रै उम्मेदवार दर्ता भएको हो ।’
‘काठमाडौं-४ मा सहजै जित निकाल्ने अवस्था भए पनि म जानेर बुझेर सर्लाही-४ रोजेको हुँ । अघिल्लो पटक पनि मधेस जान चाहन्थेँ, अहिले आँट गरेर आएको हुँ ।,‘उनले भने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया