काठमाडौं । अमेरिकाको तल्लो सदन प्रतिनिधि सभाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेनेजुएलामा सैन्य हस्तक्षेप गर्नबाट रोक्ने डेमोक्र्याटहरूको प्रस्ताव अस्वीकृत गरेको छ।
मतदानमा २१३ डेमोक्र्याट र दुई रिपब्लिकन सदस्यले प्रस्तावको समर्थन गरे पनि २१५–२१५ बराबरी भएपछि प्रस्ताव असफल भएको हो ।
हाउस रुल्स कमिटीका जिम म्याकगभर्नले यस प्रस्ताव कार्यकारीको अन्धभक्त नभई कङ्ग्रेसको निगरानी सुनिश्चित गर्ने प्रयास भएको बताएका छन् । रिपब्लिकन सांसदहरूले अमेरिका र भेनेजुएला अहिले युद्धमा नरहेको दाबी गरेका छन् ।
यसअघि माथिल्लो सदन सिनेटले पनि यस्तै प्रस्तावलाई व्हाइट हाउसको दबाबमा अस्वीकार गरेको थियो ।
अमेरिकी सेनाले जनवरी ३ मा भेनेजुएलामा आक्रमण गरी त्यहाँका नेता निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया