काठमाडौं । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो नेपाल पार्टीले समर्थन गर्ने भएको छ ।
उज्यालो नेपाल पार्टीका प्रवक्ता डा.राजु थापाले पुनलाई आगामी प्रतिनिधि सभा निर्वाचनमा समर्थन गर्ने घोषणा गरेका छन् ।
महावीर पुनले हाल म्याग्दीबाट उम्मेदवारी दिइसकेका छन् र प्रचार–प्रसारमा सक्रिय छन् ।
यसअघि केही अन्य पार्टीहरूले पनि उनलाई समर्थन गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया