नेकपाको कडा कदम : पार्टीको निर्देशन उल्लंघन गर्ने ७ नेताको निष्कासन

लोकपथ
1.2k
Shares

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी निर्देशनको उल्लंघन गरेको आरोपमा ७ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीका अनुसार, हरिबोल गजुरेल, महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिराहा), राजकुमारी साह (सिराहा) र जिवछ साह (सिराहा) ले पार्टीको आधिकारिक निर्णय विपरीत उम्मेदवार, प्रस्ताव र प्रचारमा भाग लिएको पाइएपछि कारबाही गरिएको हो ।

सिन्धुली–२ मा महेश्वर दाहाल बागी उम्मेदवार बनेका छन् र उनलाई हरिबोल गजुरेलले साथ दिएका छन् । पार्टीले त्यहाँ राजन दाहाललाई उम्मेदवार बनाएको छ ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका कुलप्रसाद केसीले दाङ–१ मा बागी उम्मेदवारी दिएका छन् । नेकपाले मेटमणि चौधरीलाई टिकट प्रदान गरेपछि उनले बागी उम्मेदवारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?