बागलुङमा निर्वाचन प्रहरी आवेदनमा कमि, माग पूरा हुन अझै ४३६ जना आवश्यक

लोकपथ
98
Shares

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा प्रहरी भर्ना माग पूरा हुन सकेको छैन । जिल्लामा एक हजार २९८ जना नेपाल प्रहरी र १८९ जना सशस्त्र प्रहरी गरी कूल १ हजार ४८७ जना आवश्यक रहेको थियो ।

तर हालसम्म नेपाल प्रहरीबाट १४८ र सशस्त्र प्रहरीबाट ३ जना गरी मात्र १ हजार ५१ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए। आवेदन दिएका मध्ये पुरुष ८२३ र महिला २२८ छन् ।

प्रहरी उपरीक्षक भारतीका अनुसार, माग पूरा गर्न अझै ४३६ जना आवश्यक छन् । पुस २४ गतेदेखि माघ १ गतेसम्म दरखास्त आह्वान गरिएको थियो। माग अनुसार दरखास्त नआएपछि माघ २ र ३ गते दुई दिन थप गरिएको थियो ।

हाल, तेस्रो पटक आवेदन दिन म्याद आइतबारसम्म थप गरिएको छ । आवेदकहरूलाई सहजता होस् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बागलुङसहित इलाका प्रहरी कार्यालय बुर्तिबाङ र गलकोटबाट पनि आवेदन दिन सकिने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?