काठमाडौंमा शहीद सप्ताह सुरु : विभिन्न आन्दोलनका शहीदलाई श्रद्धाञ्जली

लोकपथ
42
Shares

काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिएका शहीदहरूको सम्झनामा आजबाट काठमाडौंमा शहीद सप्ताह सुरु भएको छ ।

माघ १० गते, टेकुस्थित पचलीमा प्रजातन्त्र स्थापनाका लागि जीवन बलिदान दिने शुक्रराज शास्त्रीको स्मरणमा आज उनकी शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी शहीद सप्ताह सुरु गरिएको हो । सो अवसरमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शास्त्रीको शालिकमा माल्यार्पण गरेकी छन् ।

तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएका थिए । यसैगरी, माघ १३ गते सिफलमा धर्मभक्त माथेमा र माघ १५ गते दशरथ चन्द तथा गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।

शहीद सप्ताह सात दिनसम्म मनाइनेछ र माघ १६ गते औपचारिक रूपमा शहीद दिवस मनाउने कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?