नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल खस्किनु हुँदैन : सुरेन्द्र पाण्डे

लोकपथ
210
Shares

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचनको संवेदनशील समयमा पार्टी नेतृत्वका अभिव्यक्तिहरूले कार्यकर्ताको मनोबल कमजोर बनाउन नहुने बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पाण्डेले निर्वाचनको घडीमा पार्टीलाई एकताबद्ध राख्नु सबैको प्रमुख दायित्व भएको उल्लेख गरेका छन् । 

उनले भनेका छन्,‘निर्वाचनको यस संवेदनशील घडीमा पार्टीलाई एकढिक्का बनाउनु हाम्रो मुख्य जिम्मेवारी हो । यस्तो बेला नेतृत्वका अभिव्यक्तिहरूले कार्यकर्ताको मनोबल घटाउने होइन, सबैलाई जोड्ने ऊर्जा प्रदान गर्नुपर्छ ।’

टिकट वितरणको सन्दर्भमा उनले पार्टी हितलाई ध्यानमा राख्दै कुनै विरोध नगरी निर्णय स्वीकार गरेको उल्लेख गरेका छन् । तर, एमालेलाई जिताउने साझा लक्ष्यमा पूर्वाग्रही टिप्पणीहरूले कुनै सकारात्मक अर्थ नराख्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?