काठमाडौं । लामो समयदेखि वर्षा र हिमपात नहुँदा प्रभावित बनेको हुम्लामा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । गत भदौ महिनादेखि वर्षात् नभएको जिल्लामा वर्षा भएसँगै उच्च भेगमा हिमपात सुरु भएको हो ।
लामो समयसम्म हिउँ नपर्दा चिन्तित रहेका किसानहरू हिमपात भएपछि खुसी भएका छन् । किसानहरूका अनुसार हिमपातले माटोमा चिस्यान बढाउनुका साथै आगामी खेतीका लागि समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
जिल्लाको तल्लो क्षेत्रमा भने निरन्तर वर्षा भइरहेको छ । स्थानीयवासीका अनुसार तल्लो क्षेत्रमा पर्याप्त वर्षा भएपछि माथिल्लो भेगमा हिमपात हुने गर्दछ । हाल सिमकोट, नाम्खा लगायतका माथिल्ला क्षेत्रमा हिमपात भइरहेको छ ।
यद्यपि हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका हुँदै हिल्सा जाने सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक बन्द हुँदा स्थानीयवासी तथा यात्रीहरूलाई आवतजावतमा समस्या उत्पन्न भएको छ ।
स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै हिमपात रोकिएपछि मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया