काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको माध्यमबाट देश बदल्ने चाहन रहेको बताएका छन् ।
शुक्रबार साँझ एक भिडियो सन्देश जारी गर्दै पूर्वमन्त्री समेत रहेका महामन्त्री पौडेलले सो कुरा बताएका हुन् ।
उनले विशेष महाधिवेशनबाट आफूहरुले पार्टीको नेतृत्व बदलेको बताउँदै सोही नेतृत्वबाट देश बदल्ने बताए ।
साथै आफूहरुले देश परिवर्तनका लागि मुल नेतृत्वलाई नै त्यसको लागि अघि सारेको बताए ।
‘नेपाली कांग्रेस पार्टीमा विशेष अधिवेशन मार्फत् नीति पनि परिवर्तन भएको छ र नेतृत्व पनि परिवर्तन भएको छ । हामीले कांग्रेस मात्रै परिवर्तन गर्न खोजेको होइन, देशलाई पनि कांग्रेसको माध्यमबाट परिवर्तन गर्न खोजेको हो । त्यसकारण अब कांग्रेस परिवर्तित भएको छ र परिवर्तित कांग्रेसले देशलाई परिवर्तन गर्छ भन्ने सन्देशसहित देशको नेतृत्व कांग्रेसले गर्छ भनेर प्रस्ताव गरेका छौँ,’ उनले भने ।
कांग्रेसको आज बसेको केन्द्रीय समिति बैठकले सभापति गगनकुमार थापालाई निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बनाएर अघि बढ्ने घोषणा गरेको छ ।
त्यस्तै उनले आफूहरु ‘जसको नीति उसकै नेतृत्व’ भन्ने अठोट बोकेर हिँडेको बताउँदै नीति र नेतृत्व दुवै बदल्ने गरी अघि बढ्न चाहेको स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया