एमालेलाई प्रचण्डले भने– ‘आउनुस् एकता गरौँ’

लोकपथ
2.1k
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) लाई पनि आफ्नो पार्टीसँग एकता गर्न आह्वान गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आह्वान गरेका हुन् ।

मुलुकलाई संकटबाट जोगाउनका लागि राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गर्दै संयोजक दाहालले त्यसका लागि सबै वामपन्थी, कम्युनिष्ट र लोकतान्त्रिक शक्तिहरुबिचको एकता जरुरी रहेको बताए ।

उनले मुलुकलाई संकटबाट जोगाउनका लागि आफूहरुले पार्टीहरुबीचको एकता अभियानलाई तिब्रता दिएको समेत बनाए ।

संयोजक दाहालले मुलुकमा प्रतिक्रियावादीहरुको चलखेललाई रोक्न पनि सबै देशभक्तहरुले एकतावद्ध भएर अघि बढनुपर्ने अवस्था आएको बताए ।

उनले भने, ‘राष्ट्रिय शक्ति निर्माणको यो महाअभियानमा सामेल हुन म एमालेलाई अपिल गर्न चाहन्छु । हामी सबेका लागि राष्ट्रभन्दा ठूलो अरु केही पनि छैन । राष्ट्र संकटमा छ । नेपाली जनताको एकताले मात्रै मात्रमै मुलुकको राष्ट्रियतालाई सुदृढ गर्न सकिन्छ । बामपन्थी र कम्युनिष्टको एकताले नै राष्ट्रिय एकतालाई प्रवर्दन गर्न सक्दछ । अरु लोकतन्त्रवादीहरु पनि यो मोर्चामा आवद्ध हुन जरुरी छ । प्रतिक्रियावादीहरुको चलखेल रोक्ने एकमात्रै उपाय भनेको हामीबिचको एकता हो । अब एक नम्बर पार्टी हुन्छ । मैले त हिजोअस्तीदेखि साथीहरुलाई भन्न थालेको छु–ओखलढुंगाले् सिँगै राष्ट्रलाई सन्देश दिँदैछ । हामीले राष्ट्र गम्भिर संकटमा भएको अवस्थालाई विचार गरेर नै भदौ २६ गते रातभर बसेर हामीले अन्तरिम सरकार र निर्वाचन मार्फत राष्ट्रलाई निकास दिने काम गर्‍यौ । त्यतिबेला संसद पुनस्थापना र सर्वदलीय सरकारको कुरा पनि आएको थियो । तर माधवजी र मैले अवको निकास चुनावनै हो भनेर नयाँ निर्वाचनले मात्रै देशलाई राजनीतिक सहजतातिर लैजान्छ भनेर हामी दृढ भएर उभियौ । आज माधवजी र मलाई गर्व पनि छ सिंगो राष्ट्र निर्वाचनमय भएको छ । सबै राजनीतिक दलहरु निर्वाचनमा जाने वातावरण बनेको छ । देश अझै पनि संकटमा छ । दुर्घटना पूरै टरिसक्यो भन्ने छैन । बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन भने दह्रो एकता जनताको पैदा गर्न सकिएनभने फेरि पनि दुर्घटना हुन सक्छ ।’

संयोजक दाहालले मुलुकलाई निकास दिन निर्वाचनको विकल्प नभएकाले आफूहरुले नै त्यसमा अडान लिएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?