महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

लोकपथ
126
Shares

काठमाडौं । आफ्नो गृहजिल्ला म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी पाएका महावीर पुनले फागुन २१ को निर्वाचनका लागि त्रिभुज चुनाव चिह्न पाएका छन् ।

अन्तरिम सरकारको शिक्षामन्त्रीबाट राजीनामा दिएर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

शुक्रबार पुनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर त्रिभुज चुनाव चिह्न रोजेका हुन् । लगत्तै उनलाई चुनाव चिह्न प्रदान गरिएको हो । निर्वाचन आयोगले प्रयोग गर्न मिल्ने भनेर उपलब्ध गराएको चिह्नमा रोज्न सकिने सूचीको रुपमा सूचीबद्ध गरेको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ३८७ जनाको उम्मेदवारी परेको छ ।
यसमध्ये एक तिहाइ स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी दलीय उम्मेदवार छन् ।

निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारी दिनेको संख्या १ हजार १८८ रहेको छ । यो कूल उम्मेदवारको ३४.०६९ प्रतिशत हो । बाँकी २ हजार २९९ जना दलगत उम्मेदवार छन् । उम्मेदवारको मनोनयन यही ६ माघमा भएको हो । आज चुनाव चिह्न वितरणको कार्यतालिका छ । दलीय उम्मेदवारको भने दलकै चुनाव चिह्न रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?