कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : गगन थापा

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले पार्टी नेतृत्व परिवर्तन आएको र त्यसले देश बदल्ने विश्वास व्यक्त गरेका छन् ।

आज बसेको केन्द्रीय समिति बैठकपछि पार्टी कार्यालय सानेपामा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

‘कांग्रेस बदलिएको छ, यो आफैँ बदलिएको होइन, हामीले बदलेर आएका हौँ । अब बदलिएको कांग्रेसले देशलाई पनि बदल्छ,’ उनले भने ।

त्यस्तै आज बसेको केन्द्रीय समिति बैठकले थापालाई आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आफूलाई पार्टीका नेता कार्यकर्ताहरुले जिम्मेवारी दिएको आफू त्यसलाई पूरा गर्ने संकल्प गरेको समेत बताए । साथै विशेष महाधिवेशनका बेला भएका केही तिक्तताहरु फालेर निर्वाचनमा होमिन समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?