काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनपछि पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकपछि बोल्दै पार्टीका उपसभापति विश्वप्रकाश शर्माले पार्टी कार्यालय सानेपाबाट सो घोषणा गरेका हुन् ।
जसअनुसार फागुन २१ को निर्वाचनपछि गगन थापालाई प्रधानमन्त्री बनाउने गरी पार्टी अघि बढ्न लागेको उपसभापति शर्माले बताए ।
उपसभापति शर्माले अन्य दलहरुले समेत प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढेको तर आफूहरुले घोषणा गरेको उम्मेदवार अब्बल रहेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया