कांग्रेस फेरि पनि पहिलो पार्टी बन्छ : अर्जुननरसिंह केसी

लोकपथ
63
Shares
फाइल तस्बिर

 काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने बताएका छन् ।  

सानेपास्थित पार्टी कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा सिर्जना भएको बताएका हुन् ।

केसीले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैलाई समेटेर एकीकृत रूपबाट अघि बढे कांग्रेस फेरि पनि पहिलो दल बन्ने बताए । 

उनले भने, ‘पार्टीको निम्ति र समग्र देशबासीको निम्ति उत्साह, नयाँ आशा र नयाँ भरोसा सिर्जना भएको छ । यसलाई हामीले सबैलाई समेटेर अगाडी बढ्नुपर्छ । नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी हुन्छौँ ।’

उनले पार्टी सभापति गगन थापाले सर्लाही–४ बाट उम्मेदवारी दिएको जानकारी दिँदै भने,‘ एकै निर्वाचन क्षेत्रबाट पटक पटक उम्मेदवार नहुनुपर्ने मान्यता अनुसार थापाले मधेसलाई प्राथमिकतामा राखेका हुन् ।’ 

केसीले सभापति थापाले मधेस क्षेत्रलाई लोकतन्त्र र कांग्रेसको मेरुदण्डको रूपमा हेरेर त्यहाँबाट उम्मेदवारी दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?