सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक सुरु

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बसेको छ ।

गगन थापा सभापति बनेपछि पहिलोपटक थापाको नेतृत्वमा सानेपामा केन्द्रीय समिति बैठक बसेको हो ।

माघ १ गते बिहान विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए । आधिकारिकता विवादका कारण सानेपा नपुगेका थापा लगायत पदाधिकारी तथा सदस्यहरु निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सानेपा पुगेका हुन् ।

सानेपा पुगेर सभापति थापासहित केन्द्रीय पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । त्यस लगत्तै केन्द्रीय समिति बैठक बसेको हो ।

आजको बैठकले आगामी निर्वाचनपछि थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढ्ने निर्णय गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?