काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई गोरखा क्षेत्र नम्बर–२ बाट दिएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।
वाग्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै २१औँ शताब्दीमा नेपालको आर्थिक विकास नयाँ र वैकल्पिक राजनीतिक शक्तिबाट मात्र सम्भव हुने बताएका हुन् । वैकल्पिक राजनीतिको अवधारणा स्वयं डा.भट्टराईले अघि सारेको र त्यसकै कारण रास्वपाको उदय सम्भव भएको उनको भनाइ छ ।
डा.भट्टराईले उम्मेदवारी फिर्ता लिएर रास्वपालाई अभिभावकीय भूमिका निभाउन सक्ने वाग्लेले बताएका छन् । फागुन २१ पछि बन्न सक्ने सरकारमा सुशासन, प्रशासन र विकासका विषयमा भट्टराईको अनुभव उपयोगी हुने उनको धारणा छ ।
वाग्लेले निर्वाचनमा उम्मेदवार नबनी राष्ट्रिय हितका लागि रास्वपालाई सहयोग गर्न डा.भट्टराईसँग विनम्र अनुरोध गरेका छन् ।
रास्वपाले गोरखा–२ बाट महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ । बुर्लाकोटी यसअघि पनि यही क्षेत्रबाट निर्वाचन लडेका थिए तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया