बाटोमा लडेर एकको मृत्यु

लोकपथ
266
Shares

बाजुरा ।  बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ ताम्सु बस्ने ४१ वर्षीय भीमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए । 

बिहीबार राति ८ बजे गाउँ नजिकैको पसलबाट घर फर्किने क्रममाबीच बाटोमा लगेर घाइते भएका थापालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका हो । 

मृतक थापाको शरीर र टाउकोमा भित्री चोट लागेकाले उपचारमा ढिलाइ हुँदा मृत्यु भएको जनाइएको छ ।  हाल शव परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?