सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाकै ३ लाख नाघ्यो

लोकपथ
413
Shares

 काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ हजार २  सय रुपैयाँले बढेको हो । 

 हिजो २ लाख ९२ हजार २ सयमा कारोबार भएको सुन आज प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेर ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  यो मूल्य हाल सम्मको उच्च मूल्य हो  । 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य ३२० रुपैयाँले बढेको हो । अघिल्लो दिन ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?