काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले ताप्लेजुङको पाथिभरा मन्दिर पुगेर पूजा गरेका छन् ।
उनी आज बिहान पाथिभरा पुगेर पूजा गरेका हुन् ।
झापा क्षेत्र नम्बर ५ का उम्मेदवार शाह चुनाव प्रचारको क्रममा पूर्वी पहाडी जिल्लाको यात्रा गर्दै आएका छन् । यसै क्रममा आजको श्रीपञ्चमीको अवसरमा उनी पाथिभरा माताको दर्शन गर्न पुगेका हुन् ।
उनले स्थानीय भक्तजनसँग भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा र विकास योजना पनि प्रस्तुत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया