काठमाडौं । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व हर्षोल्लासका साथ मनाइएको छ । वसन्त पञ्चमीका नामले पनि प्रसिद्ध यो पर्वमा सरस्वतीको पूजा गरे विद्या, वुद्धि र ज्ञान प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा देशभरका सरस्वती मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ ।
काठमाडौंको स्वयम्भू, ललितपुरको लेले सरस्वती कुण्ड, थिमीको सरस्वती मन्दिरलगायत स्थानमा बिहानैदेखि पूजा र दर्शनका लागि श्रद्धालुहरूको भीड लागेको छ ।
विद्यार्थीहरूले विशेष रूपमा पुस्तक, कलम र वाद्ययन्त्रहरूमा पूजा गरी सरस्वती देवीको आशीर्वाद लिने प्रचलन छ । यसैगरी, आजै बालबालिकाहरूको अक्षरारम्भ (विद्यारम्भ) गराउने र नाक–कान छेडाउने चलन पनि कायम छ ।
मिथिला क्षेत्रमा भने श्रीपञ्चमीलाई कृषि नववर्षको रूपमा समेत उत्सवका साथ मनाइन्छ ।
हनुमानढोका दरबारको नासलचोकमा परम्परागत वसन्त श्रवण कार्यक्रम पनि आज आयोजना हुँदैछ । वसन्त ऋतुको शुरुवातसँग जोडिएको यो पर्वले प्रकृतिमा नयाँ ऊर्जा र हरियालीको सन्देश बोकेको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया