भारतको जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना : १० सैनिकको मृत्यु

लोकपथ
413
Shares

काठमाडौं । भारतको जम्मू कश्मीरको डोडा जिल्लाको भदरवाहमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु भएको छ । 

जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाको कार्यालयले डोडामा भएको सडक दुर्घटनामा १० भारतीय सेनाका सैनिकको मृत्यु भएको जानकारी दिएको छ ।  

सञ्चार माध्यमका अनुसार २० जना सुरक्षाकर्मी बोकेको बुलेट–प्रुफ सवारी साधन उच्च हिमाली पोस्टतर्फ जाँदै गर्दा चालकले नियन्त्रण गुमाउँदा सवारी साधन करिब २०० फिट गहिरो खाडलमा खसेको थियो । दुर्घटनापछि सेना र प्रहरीले संयुक्त उद्धार अभियान सुरु गरी शव निकाल्ने र घाइतेहरूको उपचार गर्ने काम गरिरहेको छ ।

भारतमा क्षमताभन्दा बढी भार, सडकको खराब अवस्था र लापरवाहीपूर्ण सवारी चालनका कारण यस्ता घातक सडक दुर्घटनाहरू सामान्य हुने गरेका गरेको छ । 

भारतका संघीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले २०२४ डिसेम्बरमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष करिब १ लाख ७८ हजार मानिस सडक दुर्घटनामा ज्यान गुमाउँछन् । तीमध्ये करिब ६० प्रतिशत हताहत १८–३४ वर्ष उमेर समूहका व्यक्तिहरू हुने गर्छन् । गत वर्ष मात्र देशभर ४ लाख ८० हजारभन्दा बढी सडक दुर्घटनाहरू दर्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?