उम्मेदवारी खारेज भएपछि रेशम चौधरीले के भने ?

लोकपथ
1.4k
Shares

काठमाडौं । फागुन २१ को निर्वाचनका लागि दिएको उम्मेदवारी खारेजी भएपछि रेशम चौधरीले प्रतिक्रिया जनाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीले आफू राजनैतिक शिकारमा परेको टिप्पणी गरे । आफूले उपेक्षित र उत्पीडनमा परेको समुदायको पक्षमा आवाज बोलेको तर आफूलाई रोक्न राजनीतिक अस्त्र प्रयोग गरिएको उनको दाबी छ ।

उनले आफ्नो उम्मेदवारी खारेज भए पनि नागरिक उन्मुक्ति पार्टी (नाउपा) को चुनाव चिह्न जाँतोमा मतदान गर्न समेत आग्रह गरेका छन् ।

‘राजनैतिक सिकार बनाउनुको पनि हद हुन्छ । विभेद दमन र उपेक्षित समुदायलाई उत्पीडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता ? मण्डेलाले लामो संघर्ष गर्दाको परिणाम प्राप्ति सिंगो अफ्रिका हो । पहिचानको लामो लडाईको मार्ग कतै त्यहि हुने त होइन ? भन्ने भय छ । राजनैतिक विभेदका विरुद्द सबैको साथ भनेकै जाँतोमा (चकिया) मा मतदान हो । मेरो उम्मेदवारी खारेजका विरुद्ध देशैभर जाँतोमा मतदान गरेर नाउपा नेपाललाई साथ दिनुहुनेछ भन्ने अपेक्षा सहित । जय नागरिक,’ उनले भनेका छन् ।

निर्वाचन आयोगले चौधरीले बिहीबार उम्मेदवारी खारेज गरेको हो । चौधरीले कैलाली क्षेत्र नं १ बाट उम्मेदवारी दिएका थिए ।

टीकापुर हत्या काण्डका दोषी रहेका चौधरी सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?