चुनावमा भरपर्दो सुरक्षा योजनाका साथ परिचालित हुन आईजीपी कार्कीको निर्देशन

लोकपथ
56
Shares

 काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आउँदो निर्वाचन भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् । 

नेपाल प्रहरी प्रधान कार्यालयबाट श्रव्यदृश्यमार्फत सञ्चालित बैठकमा उनले प्रहरी कर्मचारीहरूलाई आ–आफ्नो क्षेत्रमा आपराधिक गतिविधि रोकथाम, सूचना सङ्कलन र प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन जोड दिए ।

महानिरीक्षक कार्कीले अपराध अनुसन्धान, सीमा नाकामा राजस्व चुहावट रोकथाम, हातहतियार बरामद, ट्राफिक व्यवस्थापन र फरार प्रतिवादी पक्राउमा विशेष प्राथमिकता दिन निर्देशन दिए ।

त्यस अवसरमा प्रहरी प्रधान कार्यालयका वरिष्ठ अधिकारीहरू र उपत्यका तथा सातै प्रदेशका प्रहरी कार्यालय, ट्राफिक व्यवस्थापन, तालिम केन्द्र र विशेष सुरक्षा गणका प्रमुखहरू भर्चुअल रूपमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?