काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपालले १४१ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४० रनको योगफल तयार पारेको हो ।
सो खेलमा नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाएकी छिन् । स्टेर कालिसले ३० रन बनाइन् ।
नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट, रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १–१ विकेट लिए ।
नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।
नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया