इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

लोकपथ
28
Shares

काठमाडौं ।  इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जितपुरबाट मंगलबारेतर्फ गइरहेको अटो  देउमाई नगरपालिका–३  पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो । 

देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए । गम्भीर घाइते भएका निजको अस्पताल पुर्‍याउने क्रममा बाटामा मृत्यु भएको हो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?