काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडले टस जित्दै नेपाललाई पहिले बलिङको निम्तो दिएकी हुन् ।
यस खेलमा नेपाल नेदरल्यान्ड्सलाई कम रनमै समेट्दै जित हासिल गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । प्रतियोगितामा नेपालको प्रदर्शन विश्वकप यात्राका लागि महत्त्वपूर्ण मानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया