काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्दै एसईईको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
जसअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संकृत–वेदविद्या श्रमतर्फ संस्कृत रचना वा अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।
दोस्रो दिन चैत २० गते अनिवार्य नेपाली, गैर नेपाली विद्यार्थीका लागि अतिरिक्त अंग्रेजीको परीक्षा हुनेछ ।
चैत २१ गते शनिबार कुनै पनि परीक्षा हुनेछैनन् भने चैत २२ गते अनिवार्य गणीतको परीक्षा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया