युवा संघ दमक कमिटीका अध्यक्ष छवि खतिवडाले छाडे एमाले, बालेनलाई जिताउन लाग्ने

लोकपथ
70
Shares

काठमाडौं । झापाको दमक नगर कमिटीका एमाले निकट युवा संघका अध्यक्ष छवि खतिवडाले पार्टी परित्याग गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वंय सोही ठाउँबाट बनेका बेला दमकका युवा संघका अध्यक्षले नै पार्टी छाडेका हुन् । उनले झापा क्षेत्र नं ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ लाई समर्थन गरेका छन् ।

उनले परिवर्ततलाई आत्मसाथ गर्ने भन्दै बालेनलाई समर्थन गरेका हुन् ।

‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को सङ्गठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु । यो मेरो राजनीतिक जीवनमा सहयोग गर्नुहुने पार्टी, युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। अग्रगामी परिवर्तनका पक्षमा र सामाजिक जीवनमा सदैव लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु्,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

त्यसो त ओली र बालेन दुवै एउटै क्षेत्रबाट चुनावी मैदानमा रहेका कारण यसपालीको निर्वाचनमा झापा–५ रोचक बन्ने देखिएको छ ।

त्यसो त यसअघि मंगलबार नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले जिम्मेवारीबाट अलग भएर बालेनलाई समर्थन जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?