नयाँ समाजवादी र राष्ट्रवादी आन्दोलन आवश्यक पर्न सक्छ : प्रचण्ड

लोकपथ
77
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको हितका लागि नयाँ समाजवादी, राष्ट्रवादी देशभक्तिपूर्ण आन्दोलन आवश्यक पर्न सक्ने बताएका छन् ।

रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक दाहालले मुलुकमा देखिएका चुनौती र प्रतिक्रियावादी चलखेलको प्रतिवाद गर्न नयाँ शक्ति निर्माणको आवश्यकता  रहेको बताए । 

उनले भने, ‘जरुरी पर्‍यो भने राष्ट्र र जनताको निम्ति नयाँ आन्दोलन अगाडि ल्याउनुपर्ने हुनसक्छ। नयाँ समाजवादी, राष्ट्रवादी र देशभक्तिपूर्ण आन्दोलन चलाउनुपर्ने अवस्था आउन सक्छ ।’

प्रचण्डले भदौ २४ गते देखिएका जस्ता विध्वंसात्मक घटनाहरू अझै पूर्ण रूपमा रोकिएको नभन्दै त्यसमा देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिको चलखेल रहेको आरोप लगाए । यस्तो परिस्थितिमा ती गतिविधिको सामना गर्न संगठित र वैचारिक रूपमा स्पष्ट नयाँ शक्ति निर्माण अपरिहार्य भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?