काठमाडौं महानगरले फुटपाथ र पार्किङ व्यवस्थापनमा प्राथमिकता दिने

लोकपथ
294
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले अब फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले यसबारे जानकारी दिए ।

नगर प्रहरीलाई धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजनिक सम्पत्ति संरक्षण र वर्कसपसँग सम्बन्धित विषयमा विशेष ध्यान दिन निर्देशन दिइएको छ । जोशीले काम गर्न नआउने र शक्तिकेन्द्रमा धाउने बानी हटाउन पनि चेतावनी दिए ।

‘धेरै कुरा नियन्त्रणमा आइसकेको छ, अब मनिटरिङमै ध्यान दिनुपर्छ। फुटपाथ र पार्किङ व्यवस्थापनमा विशेष फोकस गर्नुहोस् । बोल्दा सबैसँग सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुस्, कसैलाई ‘तँ’ नभन्नुस्, ‘उनले भने।

सार्वजनिक स्थलमा धूम्रपान गर्न नदिने र विगतका सकारात्मक कार्यलाई निरन्तरता दिने कार्य पनि महानगर प्रहरीलाई निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?