३९५ महिला उमेदवार चुनावी मैदानमा

लोकपथ
49
Shares

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ सिटका लागि ६८ राजनीतिक दल र १ हजार १८७ स्वतन्त्र उम्मेदवारसहित कुल ३ हजार ४८४ जनाले मनोनयन दर्ता गराएका छन् ।

आयोगको प्रारम्भिक विवरणअनुसार मनोनयन दर्ता गराउनेमध्ये ३९५ जना महिला उम्मेदवार छन् । तीमध्ये २३५ जना राजनीतिक दलबाट र १६० जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

कुल उम्मेदवारमध्ये ३ हजार ८८ जना पुरुष र एक जना अन्य लिङ्गका उम्मेदवार रहेको आयोगले जनाएको छ ।

राजनीतिक दलको तर्फबाट मात्रै २ हजार २९७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?