काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी निर्वाचनमा जित्ने कुनै आधार नरहेको दाबी गरेका छन् ।
मंगलबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले रास्वपामा वैचारिक र नीतिगत स्पष्टता नभएकाले स्थापित राजनीतिक दलहरूको विरोधकै आधारमा केही समय चर्चामा आएको मात्र बताए । उनका अनुसार सो पार्टीले केही समय जनतालाई वैकल्पिक शक्ति भनेर भ्रम दिन सफल भए पनि त्यो धेरै दिन टिक्न नसक्ने छ।
उपाध्यक्ष थापाले रास्वपालाई अस्थिर राजनीतिक दलको रूपमा चित्रण गर्दै भने, ‘रास्वपा स्थापित सबै राजनीतिक दलहरूको विरोध गरेर जन्मिएको पार्टी हो । न त यसको वैचारिक स्पष्टता छ, न नीतिगत । त्यसैले जित्नका लागि आवश्यक राजनीतिक आधार उनीहरूसँग छैन ।’
जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाउने घटनासँग रास्वपाको सम्बन्ध रहेको दाबी गर्दै उनले सो पार्टीको भविष्यसमेत नरहेको जिकिर गरे । ‘भ्रम दिएर केही समय सफल देखिए पनि अन्ततः त्यस्ता शक्तिहरू टिक्दैनन्, ‘उनले भने।
उपाध्यक्ष थापाले रास्वपाले सिर्जना गरेको भ्रम अब चाँडै हट्ने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया