काठमाडौं–९ बाट डीपी अर्यालले दिए उम्मेदवारी, मिलन पाण्डेको पनि साथ

लोकपथ
203
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) ले काठमाडौं क्षेत्र नं ९ बाट उम्मेदवारी दिएका छन् ।

केहीबेरअघि सम्बन्धित निर्वाचन कार्यालय पुगेर पूर्वमन्त्री समेत रहेका अर्यालले उम्मेदवारी दर्ता गराएका हुन् ।

गत निर्वाचनमा अर्याल समानुपातिकबाट सांसद बनेका थिए ।

उनले जनमत प्राप्त गरी पार्टीको नीति र विचारलाई स्थापित गर्न तथा जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

‘जनमत प्राप्त गरि पार्टीको नीति–विचारलाई स्थापित गर्न तथा जनअपेक्षाअनुसार विधिरकानून निर्माण गर्न सधैं प्रतिबद्ध रहने छु,’ उनले भनेका छन् ।

त्यसो त विवेकशील साझा पार्टी र रास्वपा एकता हुँदा असन्तुष्ट जनाएका मिलन पाण्डे समेत डीपीकै साथमा देखिएका छन् । विवेकशील साझा पार्टी रहँदा त्यसको नेता समेत रहेका पाण्डेको समेत अर्याललाई साथ रहेको बुझिएको छ । यसअघिको निर्वाचनमा पाण्डे सो क्षेत्रबाट चुनावी मैदानमा होमिएका थिए । यद्यपि एमालेका कृष्णगोपाल श्रेष्ठसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?