काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई यसपटक टिकटबाट वञ्चित गरेको छ ।
२०६४ सालदेखि लगातार सबै चुनाव काठमाडौंबाट जित्दै आएका सिंहलाई यो पटक कांग्रेसले टिकट नदिएको हो ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंह यसअघि काठमाडौं–१ बाट विजयी बनेका थिए । उनलाई सभापति गगनकुमार थापाले ७ नम्बरमा जान भनेका थिए ।
कांग्रेसले क्षेत्र नम्बर १ मा प्रबल थापालाई उम्मेदवार बनाएको छ। उनी सभापति गगन थापानिकट मानिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया