मनोनयनकै दिन रविलाई झड्का, पर्सा अदालतले माग्यो १ करोड धरौटी

लोकपथ
1.9k
Shares

काठमाडौं । सहकारी ठगी मुद्दामा जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग गरेको छ ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश रुद्र सुवेदीको इजलासले सहकारी ठगी प्रकरणको मुद्दामा रविसँग १ करोड धरौटी माग गरेको हो ।

गत असार १ मा वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा पर्सामा मुद्दा दायर गरिएको थियो ।

उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

फागुन २१ को निर्वाचनका लागि मनोनयनका दिनमा नै जिल्ला अदालतले सो आदेश दिएको हो । लामिछानेले चितवन क्षेत्र नं २ बाट उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा सोही क्षेत्रबाट जितेका लामिछानेले नागरिकता प्रकरणपछि पुनः सोही क्षेत्रबाट जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?