काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले फागुन २१ को निर्वाचनका लागि धनुषा क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
झाले केहीबेरअघि महेन्द्रनारायण निधि मैथिली संस्कृति केन्द्रमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
मुलुकमा सुशासन, परिवर्तन र संविधानको संस्थागत अभ्यासका लागि आफूले उम्मेदवारी दिएको झाले बताए ।
यसअघि झा समानुपातिकबाट रास्वपाको सांसद बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया