काठमाडौं । नेपाली कांग्रेसले आसन्न फागुन २१ को निर्वाचनका लागि विष्णु खड्कालाई उम्मेदवार बनाएको छ ।
विष्णु नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका सहोदर भाई हुन् ।
पूर्णबहादुरले आफू आगामी निर्वाचनमा उम्मेदवार नबन्ने भएसँगै आफ्ना भाई विष्णुलाई अघि सारेका हुन् । विष्णु नेपाली कांग्रेस सुर्खेतका वर्तमान उपसभापति समेत हुन् ।
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध खड्काकै नेतृत्वमा शेरबहादुर देउवा पक्ष सर्वोच्च गएको छ । आफैँले अवैधानिक भनेको नेतृत्वबाट टिकट नलिने भन्दै खड्काले आगामी निर्वाचन नलड्ने घोषणा समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया