देश बचाउने र बनाउने संकल्पका साथ काठमाडौं-१ बाट उम्मेदवारी दिएको छु : रविन्द्र मिश्र

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफू आगामी निर्वाचनमा विजयी हुने दाबी  गरेका छन् । 

मंगलवार काठमाडौंको क्षेत्र नम्बर १ मा उम्मेदवारी मनोनयनका लागि पुगेका उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् । वरिष्ठ उपाध्यक्ष मिश्रले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण गरेको उल्लेख गर्दै आफू सोही पथमा हिँडेको र देश बचाउने र बनाउने दुवै संकल्प लिएको  बताए । 

उनले काठमाडौंका जनताले आफूलाई गर्व गर्न लायक हुने गरी आगामी निर्वाचनमा विजयी गराउनेमा विश्वस्त रहेको जिकिर समेत गरे । यस अघि सो क्षेत्रमा झिनो मतान्तरले हार व्यहोर्नु परे पनि आगामी निर्वाचनमा जनताले आफूलाई गर्व गर्न लायक सांसद बनाउने बताए । 

उनले भने, ‘मैले यो पटक पृथ्वीनारायण शाहबाट प्रेरणा लिएका छु । उनले त्यसपटक काठमाडौं विजय गरे । मैले तेस्रो पटक काठमाडौं क्षेत्र नम्बर १ मा विजय हासिल गर्ने हो । पृथ्वीनारायण शाहले देशको निर्माण गरे । देशको गौरव बने । म पृथ्वीनारायण शाहले निर्माण गरेको पृथ्वीपथमा हिँडेर यो देशलाई बनाउन र बचाउन अग्रसर हुने हो । यो क्षेत्रका जनताले म सांसद हुँदा खेरी सबै भन्दा बढी गर्व गर्न योग्य सांसद बनाउँनेछन भन्ने कुरामा म ढुक्क छु ।’ 

त्यस अवसरमा वरिष्ठ उपाध्यक्ष मिश्रले मुलुकलाई संकटबाट जोगाउन राजसंस्थासहितको शासन व्यवस्था आवश्यक रहेको अडान पनि राखे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?