काठमाडौं–५ मा रास्वपाले सस्मित पोखरेललाई दियो टिकट, जिल्लिए आसिफ शाह

लोकपथ
252
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं–५ मा सस्मित पोखरेललाई उम्मेदवार बनाएको छ । 

वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को कोटाबाट यसअघि आसिफ शाहले दावेदारी गरेपनि अन्तिम समयमा सस्मित पोखरेललाई टिकट दिइएको हो । 

आसिफलाई सुरुमा रास्वपाले समानुपातिकको बन्दसूचीमा समेटेको थियो । उनलाई रास्वपाले मुस्लिम पुरुष क्लस्टरमा पहिलो नम्बरमा समेत राखेको थियो । तर आलोचनापछि उनले आफ्नो नाम फिर्ता लिएका थिए । उनले काठमाडौंं–५ मा प्रत्यक्ष निर्वाचन लड्ने घोषणा सामाजिक सञ्जालबाट पनि गरेका थिए । तर, अन्तमा उनले प्रत्यक्षमा पनि टिकट पाएनन् ।

बालेनलाई रास्वपामा मिलाउन साहको अहम् भूमिका थियो । तर, बालेनकै टिमबाट सस्मितले दाबी गरेपछि आसिफ रोकिएका हुन् । उनी काठमाडौंं ५ कै बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?